logo
२०८१ बैशाख १५ शनिवार



बोनितालाई गोलकिपर्स ग्लोबल गोल प्रोग्रेस अवार्ड

खुला |


बोनितालाई गोलकिपर्स ग्लोबल गोल प्रोग्रेस अवार्ड


चाँदनी हमाल

काठमाडौँ, असोज ११ गते । नेपालकी बोनिता शर्माले यस वर्षको २०२० ‘गोलकिपर्स ग्लोबल गोल प्रोग्रेस अवार्ड’ जित्नु भएको छ । विश्वकै सबैभन्दा धनी व्यक्ति विलगेट्स र उहाँकी पत्नी लिन्डाले स्थापना गर्नुभएको गेट्स फाउन्डेसनले दिने यस वर्षको युवातर्फको उक्त अवार्ड शर्माले जित्नु भएको हो ।
कोभिड–१९ को महामारीबीच पनि नेपाली आमा र शिशुको पोषण स्वास्थ्य सुधारका लागि सक्रिय रहेर पु¥याएको योगदानको कदर गर्दै शर्मालाई यो अवार्ड दिइएको गेट्स दम्पतीले जानकारी दिएका छन् ।
विश्वलाई आवश्यक रहेको यस्तो समयमा ऊर्जाशील कार्यमा सक्रियता, सहकार्य र नवीनतातर्फ उन्मुख रहेर काम गरेकोमा शर्माको सराहना गेट्स दम्पतीले गर्नुभएको छ । साथै शर्माले गर्नुभएको कार्य अन्यत्र उदाहरणका रूपमा प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको समेत उहाँहरूले जनाउनुभएको छ ।
यस अवार्डसँगै बोनिताले दस हजार अमेरिकी डलर प्राप्त गर्नुभएको छ । फाउन्डेसनले हरेक वर्ष तीन जना युवा र एक जना पहिचान प्राप्त उच्च व्यक्तित्वलाई अवार्ड दिने गर्छ । गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवार्ड पाउनु भएको थियो ।
दिगो विकासको लक्ष्य एजेन्डा २०३० लाई लक्षित गर्दै त्यसलाई प्राप्त गर्न गरिएका गतिविधि र यसअघिको सामाजिक कार्यको समेत मूल्याङ्कन गर्दै अवार्ड दिइने गरिन्छ । “पहिले र अहिले जारी राखेको महिला र बालबालिकाको स्वास्थ्य र पोषणका लागि गरेको कामबाट अवार्ड हात पारेकी हुँ,” शर्माले भन्नुभयो । सामाजिक सहकार्यका लागि पिता कृष्णमुरारी भण्डारी र आमाको सहयोग आफ्ना लागि महìवपूर्ण
रहेको उहाँ सुनाउनुहुन्छ ।
कोरोना महामारीबीच पनि ललितपुरका विकट स्थानका सुत्केरीलाई ज्वानो, दाल, चामल, गेडागुडी र अन्य स्वास्थ्य सामग्री शर्माले घरघरमै पु¥याउनु भएको थियो । गत वर्ष पनि शर्माले समुदायका लागि पोषण माला र महिनाबारी माला बनाएर योगदान दिएबापत ५० हजार डलर बराबरको अवार्ड जित्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?