logo
२०८१ बैशाख १४ शुक्रवार



एउटै कछुवाको मूूल्य ३५ लाख ?

खुला |


एउटै कछुवाको मूूल्य ३५ लाख ?


देवबहादुुर कुुँवर

काठमाडौँ, असोज २ गते । ‘एउटा कछुवाको मूल्य ३५ लाख रुपियाँ’ पत्यार नै नलाग्ने घटनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई समेत आश्चर्य पारेको छ । कलङ्कीस्थित मकालु पेट्रोल पम्पअगाडि दुर्लभ कछुवा बिक्रीका लागि ३५ लाखमा मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरीले पहेँलो रङको कछुवासहित पाँच जनालाई पक्राउ ग¥यो ।
पक्राउ परेकामध्ये सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का २५ वर्षीय सर्वजित बुढा मुख्य योजनाकार थिए । बुढाले नै चितवनबाट कछुवा काठमाडौँँ ल्याई ३५ लाख रुपियाँ मूल्य निर्धारण गरेका हुन् । यति चर्काे मूल्यमा कछुवा खरिद गर्ने ग्राहक को हो ? अभियुक्त बुढा आफैँलाई थाहा छैन, महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनले ग्राहक खोज्न चार जना सहयोगी परिचालन गरेका थिए ।
अभियुुक्त बुढाका सहयोगी नुवाकोट बेलकोटका सुरेन्द्र श्रेष्ठ र प्रमोद बाँस्कोटा, काभ्रे नमोबुद्धका सन्तोष रम्तेल र रौतहट चपुरका रुपेश तिमिल्सिना पक्राउ परेका छन् । बुढा जडीबुटी व्यापारी भए पनि अरू विद्यार्थी हुन् ।
पहेँलो रङको कछुवा दुर्लभ भएकाले ३०÷४० लाखमा बिक्री हुन्छ । कुनै अपरिचित व्यक्तिको मुखबाट सुनेको कुरा पत्याएर अभियुक्त बुढाले सो कछुवा चितवनबाट खोजेर ३५ लाखमा बिक्री गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अपराध महाशाखा अनुसन्धान अधिकृत भोला भट्ट बरामद कछुवा फरक रङको भएकाले केही बढी मूल्यमा बिक्री हुन सक्ने बताउनुहुन्छ । ३५ लाख रुपियाँ मूल्य सरासर ठगी गर्ने उद्देश्य अनुरूप हो । कछुवा विशेष गरी कतिपय चिनियाँ नागरिकले खरिद गर्ने गरेको जानकारी उहाँले दिनुभयो ।
‘सुन कछुवा’ विश्वमा दुर्लभ भएकाले मागे जति मूल्य पर्न सक्छ, उहाँले भन्नुभयो, यो त चम्कने ढुङ्गा देखाएर हीरा भन्दै ठगी गरे जस्तो भयोे । उनीहरू अरूलाई ठग्न खोज्दा आफँै प्रहरी खोरमा परेका हुन् ।
अभियुक्तले दुर्लभ कछुवा भन्दै ठगी गर्ने योजना अनुरूप आफैँले ३५ लाख मूल्य तोकेको भनाइ प्रहरीको छ । चर्को मूल्यका कारण कछुवाको अवैध खरिद–बिक्री सम्बन्धी सूचना चुहिएर प्रहरीसम्म पुगेको अनुमान गरिएको छ ।
प्रहरीले बरामद कछुवासहित अभियुक्तलाई थप कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँको जिम्मा लगाएको छ । उनीहरूविरुद्ध दुर्लभ वन्यजन्तु चोरी सिकारी कानुन अनुसार कारबाही आकर्षित हुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?