logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन

खुला |
समाज |


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन


तारा चापागाईं दुवे
पोखरा, साउन २५ गते । कोरोना सङ्क्रमणबाट मृत्यु भएका पोखरा महानगरपालिका वडा नं. १९ का ६२ वर्षीय पुरुषकोे शव पोखरा ३२ स्थित मजुवाघाटमा व्यवस्थापन गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । शवको करिब १२ बजे व्यवस्थापन गरिएको हो । यस पटक भने कुनै अवरोध नआएको पोखरा महानगरका स्वाथ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'पहिला स्थानीयलाई बुझाउन गाह्राे भयो । अहिले समन्वय भएकाले कुनै अवरोध भएन ।' 
यसअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएको दुई व्यक्तिको शव व्यवस्थापन गर्नेक्रममा तनाव उत्पन्न भएको थियो । यसपटक भने बिनाअवरोध शव व्यवस्थापन गरिएको शर्माले बताउनुभयो । शव व्यवस्थापनमा सशस्त्र प्रहरी, जिल्ला र इलाका कार्यालयका प्रहरी खटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?