logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
 विक्रम संवत् २०७७ साउन २ ।
– कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।
– आव २०७७÷७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायतका व्यवसायको सञ्चालन एवम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशीलता विकासको अवसर दिन बैङ्क तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख  ।
– २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जालाई बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने ।
– नयाँ लघुवित्त वित्तीय संस्थाको इजाजत दिने कार्य स्थगन गरिएको ।
– प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समयसीमा २०७७ असार मसान्तबाट बढाई २०७८ असार मसान्त कायम गरिएको ।
– लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने ।
– बैङ्क तथा वित्तीय संस्थाको पुँजीको आधार दरिलो बनाई जोखिम वहन क्षमता सुदृढ तुल्याउन वाणिज्य बैङ्क आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने ।
– कृषि उत्पादनमा आत्मनिर्भर बनाउन वाणिज्य बैङ्कले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।
– २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने ।
– वाणिज्य बैङ्कले २०८१ असार मसान्तसम्म लघु, सान एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुनेगरी प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।
– भुक्तानी सेवाप्रदायकका रूपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपु¥याएमा र मासिक औसत कारोबार सङ्ख्या कम्तीमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने ।
– मुद्रास्फीति औसत ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गरिने भएको ।

२. चौँरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ?
 भीमेश्वर नपा–१, दोलखा ।
– वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।
– उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यसाथ स्रोत केन्द्र स्थापना गरिएको ।

३. “हामी आफ्नो लोभ र मूर्खताका कारण स्वयम्लाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ” भन्ने भनाइ कसको हो ?
 स्टेफन हकिङ ।

४. २०७७ सालको डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
 राष्ट्रिय आविष्कार केन्द्र ।
– (त्यस्तै, नमुना सामुदायिक पुस्तकालय स्थापनामार्फत गरेको योगदानको कदर गर्दै रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबरलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको ।)

५. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?
 राष्ट्रिय खनिज नीति–२०७४ ।

६. स्वीस व्यावसायिक विद्यालय इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सन् २०२० जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक वरियतामा प्रथम पाँच स्थानमा रहन सफल राष्ट्र कुन–कुन हुन् ?
 क्रमशः सिङ्गापुर, डेनमार्क, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र हङकङ ।
– सर्वेक्षणअनुसार सिङ्गापुरको अर्थतन्त्र लगातार दास्रो वर्ष पनि सबैभन्दा प्रतिस्पर्धात्मक बनेको ।
– दुई देशबीचको व्यापार युद्धका कारण अमेरिका र चीनको प्रतिस्पर्धात्मक क्षमतामा कमी आएको । यस वर्ष अमेरिका सात स्थान तल झरेर १०औँ स्थानमा र चीन ६ स्थान तल ओर्लिंदै २०औँ स्थानमा पुगेको । सन् २०१८ यता दुवै देश व्यापार युद्धमा मुछिएका ।
– बेलायत सूचीमा ४ स्थान माथि उक्लिँदै १९औँ स्थानमा पुगेको । त्यस्तै, जापान ४ स्थान तल झरेर ३४औँ स्थानमा आउँदा भारत ४३औँ स्थानमा यथावत् रहेको ।

७. २०७७ असार ५ को लगानी बोर्ड बैठकले स्वीकृत गरेको पाँच जलविद्युत् परियोजना कुन–कुन हुन् ?
 माथिल्लो मस्र्याङ्दी–२ (३२७ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मेवा), इसुवाखोला (९७.२ मेवा), म्याग्दीखोला (५७.३ मेवा) र आँखुखोला जलविद्युत् आयोजना (४२.९ मेवा) ।
– बोर्ड बैठकले पाँचवटा जलविद्युत् र दुईवटा सिमेन्टसम्बन्धी परियोजनाको लगानी स्वीकृत गरेको ।
– स्वीकृत परियोजना र लगानी

माथिल्लो मस्याङ्दी–२ ७८ अर्ब ६५ करोड
कालीगण्डकी गर्ज २८ अर्ब ६ करोड
इसुवाखोला १३ अर्ब ५७ करोड
म्याग्दीखोला १० अर्ब ३१ करोड
आँखुखोला ६ अर्ब ३० करोड
दाङ सिमेन्ट इन्डस्ट्रिज ३२ अर्ब ५० करोड
सम्राट सिमेन्ट इन्डस्ट्रिज १५ अर्ब ५ करोड


– बोर्डले स्वीकृत गरेका पाँचवटा जलविद्युत् आयोजनाको उत्पादन क्षमता ६८८.४ मेगावाट रहेको ।

८. बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट भई पुरस्कृत हुने स्थानीय तह कुन हो ?
 थाहा नपा (मकवानपुर) ।
(आव २०७५÷७६ को लेखा परीक्षणबाट २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको ।)

९. नेपालकै पहिलो फलाम उद्योग “धौवादी फलाम खानी लिमिटेड” को स्थापना कहिले भएको हो ?
 विसं २०७६ पुस १६ गते ।
– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो कम्पनी स्थापना गरिएको ।
– मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएअनुरूप धौवादी फलामखानी स्थापना गरिएको ।
– खानी तथा भूगर्भ विभागद्वारा आव २०६६÷६७ मा उक्त फलामखानी पत्ता लगाइएको ।

१०. नेपालमा भौगर्भिक अध्ययन एवम् खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ?
 विसं १९८६ ।
– नहर तथा जियोलोजी अड्डा विसं १९९९ मा खानी अड्डामा रूपान्तरण भएको ।
– खानी अड्डालाई विसं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।
– सो विभागलाई विसं २०३३ मा खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।

११. संसद्मा राष्ट्रिय मान्यता प्राप्त दल कति रहेका छन् ?
 ३ (नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) ।
(निर्वाचन आयोगबाट २०७७ असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७६ को दफा १० को उपदफा (४) बमोजिम राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल दल दर्ता भएको ।)

१२. राष्ट्रिय बाघ गणना–२०१८ अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?
 २३५ ।
– विसं २०७५ असोज ७ मा सो गणनाको नतिजा सार्वजनिक गरिएको । बाघ गणना सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म सञ्चालन गरिएको ।
– सो गणनाअनुसार विभिन्न निकुञ्जमा रहेका बाघको सङ्ख्या ः
– चितवन रा.नि.–९३
– बर्दिया रा.नि. –८७
– बाँके रा.नि. – २१
– पर्सा रा.नि. – १८
– शुक्लाफाँटा रा.नि.– १८

१३. ५२ कुटी ७२ कुण्ड भनेर जनकपुर क्षेत्रलाई चिनिन्छ भने ५२ पोखरी ५३ ताल भनी कुनलाई चिनिन्छ ?
 रुकुम ।

१४. हाल विश्वमा अतिकम विकसित राष्ट्रहरूको सङ्ख्या कति रहेको छ ?
 ४७ ।

१५. नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो ?
 सन् १९९४ ।

१६. नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको हो ?
 विसं २०५८ फागुन २३ ।

१७. वेदव्यासको जन्मस्थल एवम् तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?
 पणेना (अर्घाखाँची) ।

१८. नेपालमा पहिलोपटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?
 वीर अस्पताल (२०७३ साउन १३) ।
– विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।
– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।

१९. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?
 इसाबेल पेरोन, अर्जेन्टिना ।

२०. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?
 विसं २०७६ माघ १५–१६  ।
(पहिलोपटक आयोजित राष्ट्रियस्तरको गजल महोत्सवले पाँचबुँदे घोषणापत्र जारी गरेको ।)

२१. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?
 कोसी टप्पु (सन् १९८७) ।

– अन्तर्राष्ट्रिय महŒव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको ।
– महासन्धि सन् १९७१ मा भएको ।
– कोसी टप्पुलाई रामसारमा सूचीकृत गर्ने सफलतासँगै नेपाल सो महासन्धिको पक्षराष्ट्र बनेको ।
– सन् २०१६ मा पोखरा उपत्यकाका विभिन्न ताल क्लस्टरलाई रामसार सूचीमा सूचीकृत गरिएसँगै नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृृत भएका ।

२२. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपालीपोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७६ माघ १३ ।
(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपालीपोर्ट’ सूचना तथा सुरक्षा प्रणालीबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने विश्वास गरिएको ।)

२३. नेपालमा पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ?
 नबिल बैङ्क ।
(बैङ्कले २०७४ भदौ २३ मा यो सेवाको सुरुवात गरेको ।)

२४. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग लाग्दछ ?
 ल्युकेमिया ।

२५. ‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?
 लैनसिंह बाङ्देल ।

२६. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
 सन् २०१७–२०२१ ।

२७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
 लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर ।

२८. ‘जैविक विविधता शैक्षिक उद्यान’को स्थापना कहाँ गरिएको छ ?
 ललितपुर (विसं २०७३ असोज ३) ।

२९. कछुवा संरक्षण केन्द्र कहाँ रहेको छ ?
 झापाको सुखानी सिमसार क्षेत्र ।

३०. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना हुने भएको छ ?
 पाँचखाल ।
(पाँचखाल नगरपालिका वडा नं. ७ मा प्रथम हरित महिला उद्यमी औद्योगिक ग्राम स्थापना गरिने भएको ।)


प्रस्तुतकर्ता : टङ्क केसी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?