logo
२०७७ श्रावण १ बिहीवार

एमसीसीको अवधि थपिने !

खुला |


2020-06-30-17531


काठमाडौँ , असार १६ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध हुँदा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) कार्यान्वयन थालनी मितिमा पुनः विचारको आवश्यकता भएको छ ।
पूर्वनिर्धारित मिति २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसीसी नेपालले जनाएको छ । एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउन छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वसर्त पूरा गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?