logo
२०८१ बैशाख १४ शुक्रवार



रुपन्देहीको सैनामैनामा भएकाे दुर्घटनामा बाबु छोराको मृत्यु

खुला |


रुपन्देहीको सैनामैनामा भएकाे दुर्घटनामा बाबु छोराको मृत्यु



छवि पाण्डे
बुटवल, असार १५ गते । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु छोराको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा रहेका सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उहाँका बुबा ५० वर्षीय टेकबहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सोमबार करिब साढे दुई बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सैनामैनाको रामापुर कलौनीनजिक शान्तिटोलमा एक आपसमा ठोक्किएको थियो ।

कारको ठक्करबाट मोटरसाइकलमा रहेका बाबु छोरा गम्भीर घाइते भएको र उहाँहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सन्तोष जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा प्रहरी जवानको पदमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?