logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदेशका सभामुखद्वारा अस्पतालको अनुगमन

खुला |


प्रदेशका सभामुखद्वारा अस्पतालको अनुगमन


जलेश्वर, चैत्र २८ गते । प्रदेश नं. २ का सभामुख सरोजकुमार यादव शुक्रबार जलेश्वर अस्पतालको अनुगमन गर्नुभएको छ । जलेश्वर अस्पताललाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले विशेष अस्पतालमा स्तरोन्नति गरेपछि शुक्रबार उहाँले अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा पत्रकारहरुसंग कुराकानी गर्नुहुदै उहाँले प्रदेश सरकारले जलेश्वर अस्पताललाई १५ शय्याबाट ५० शययामा स्तरोन्नति गरिएपछि अनुगमन गरिएको बताउनुभयो । उहाँले अहिले चलिरहेको कोरोना कोभिड १९ महामारीबाट यसक्षेत्रका जनताहरुलाई उपचारमा राहत दिन तत्कालै आइसियुसहितका सेवा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।

पत्रकारहरुको प्रश्नमा उहाँले यो महामारीबाट जनतालाई बचाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सत्यतथ्य सुचनाबाट सुसुचित गरिरहेका पत्रकारहरुलाई ५० लाखको बिमा प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो । कोरोना प्रभावित जनताहरुको विशेष उपचारको लागि प्रदेश सरकारले पहिलो चरणमा जलेश्वर अस्पताल र कलैया अस्पतालमा विशेष लगानी गरिरहेको बताउनुहुदै त्यसपछि अन्य अस्पतालहरुमा पनि लगानी गरिने बताउनुभयो ।

उहाँले अहिलेको विशेष परिस्थितीमा प्रदेश सरकार, अस्पताल तथा नेपाली सेनाले समेत यसमा सहयोग गरिरहेको बताउनुहुदै प्रदेश सरकारको विशेष ध्यान कोरोना कोभिड १९ बाट कोही संक्रमित नहोस् र भयो भने उपचार पाओस् भन्ने तर्फ रहेको बताउनुभयो ।

अनुगमनमा महोत्तरीका प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपाल प्रहरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीसहित प्रदेश सभा सचिव रञ्जित यादव, जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय, जलेश्वर अस्पतालका मेडिकल सुुपरिडेन्टेन्ट डा.राजिवकुमार झाको उपस्थिती रहेको थियो ।

त्यसैगरी, बिहीबार साँझ मात्रै प्रदेश नं. २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि अस्पतालको निरिक्षण अनुगमन गर्नुभएको थियो ।

प्रदेश सरकारले जलेश्वर अस्पताललाई ५० शय्याको साथै बिशेष अस्पतालको रूपमा स्तरोन्नती गर्ने निर्णय गरेपछि अनुगमन गर्नुहुदै उहाँले अहिले ५० शय्याको आइसोलेसन, १० शय्याको भेन्टिलेटर र ५ शय्याको आईसियु निर्माण गरिने जानकारी सामाजिक विकास राज्यमन्त्री शर्माले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?