logo
२०८१ बैशाख १४ शुक्रवार



प्रहरीले थाल्यो लकडाउनमा भोकै परेकालाई राहत वितरण

खुला |


प्रहरीले थाल्यो लकडाउनमा भोकै परेकालाई राहत वितरण


देबबहादुर कुँबर
काठमाडौं, चैत १८ गते । सर, अलिकति राहत चाहियो, भोकभोकै मर्नुपर्ने अवस्था आउला जस्तो भो हजुर । महानगरीय प्रहरीको १०० मा फोन आएपछि प्रहरीले सोध्यो कति जना हुनुहुन्छ– २० जना छौं ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले यो खवर सुनेपछि २० बोरा चामल, दाल, नुन र मसला गाडीमा राख्न लगाउनुभयो । उक्त राहत सामाग्री लिएर नेपाल मानव सेवा आश्रम गोंगबु पुगेर वितरण गर्नुभयो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ सञ्चालन गरेसंगै विभिन्न बाल गृह, बृद्धाआश्रम, मानवसेवा आश्रम, मजदुर, श्रमिक तथा भरिया र विद्यार्थीहरूमा राहतको अभाव देखिएको छ ।
यस्ता ब्यक्ति तथा सामाजिक संघसंस्थामा आश्रितहरूलाई महानगरीय प्रहरी कार्यालयले राहत स्वरुप खाद्य सामाग्री वितरण शुरु गरेको छ । न्यूनतम १० दिनसम्म पुग्ने गरी खाद्यन्न राहत सामाग्री वितरण गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरीको रानीपोखरीस्थित कन्ट्रोल कक्षको १०० मा फोन आउने वित्तिकै नजिकको प्रहरी कार्यालयसंग समन्वय गरी राहत वितरण गर्ने कार्य भइरहेको प्रहरी प्रमुख पोखरलेले बताउनुभयो ।
मंगलवारमात्र नवजीवन आदर्शग्राम फुटुङ, नेपाल मानव सेवा गोंगबु र पवित्रा सेवा समाज टोखा चण्डेश्वरी तथा कर्णाली घर भएका पाँचजना विद्यार्थीहरू गरी ८५ जनालाई चामल, दाल, नुन र मसलाहरू वितरण गरिएको छ ।
गत आइतवार र सोमवारमा मात्र मानव कल्याण समाज भक्तपुर, मानव सेवा आश्रम सामाखुशी, सल्लाघारी सडकमा भेटिएका १२ जना मजुदर, थिमीमा रहेका १५ जना श्रमिक, कोटेश्वर र ललितपुरको पाटन लगायतका क्षेत्रमा राहत वितरण गरिएको छ ।
‘मानवीय सेवाका लागि मेट्रो प्रहरी आमनागरिकको शान्ति सुरक्षाका लागि मात्र नभइ राहतमा पनि त्यतिकै सक्रिए रहेको भनाई प्रहरी प्रमुख पोखरेलको छ । लकडाउमा भोकभोकै बस्नु परेको जनगुनासो आएपछि भोको पेटमा राहत थप्ने काम गरेका हौं उहाँले भन्नुभयो ।
प्रहरीको जिम्मेवारी ‘शान्तिसुरक्षा तथा लकडाउनको पूर्णपालना गराउने’ मात्र होइन, समस्यामा परेकाहरूलाई उद्धार गर्नु पनि हो उहाँले थप्नुभयो– यो तीन दिनभित्र दुईसयभन्दा बढीलाई खाद्यन्न वितरण गरिएको छ ।
सरकारले स्थानीयतहबाट राहत व्यवस्थापनका लागि निर्देशन दिएपनि खरिदका लागि वजेट र वितरणका लागि स्पष्ट कार्यविधि नबन्दा जनप्रतिनिधिहरु नै अलमलमा परेका छन् । स्थानीय तहको अलमलका कारण राहत वितरणमा ढिलाई भएको छ ।
यस्तो संकटको अवस्थामा महानगरीय प्रहरीले भने विहान नौवजेदेखि साँझ छ वजेसम्म राहत वितरण गर्न सकिने जनाएको छ । यसका लागि हटलाईन नम्बर १०० मा सम्पर्क गर्नुपर्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?