logo
२०८१ जेष्ठ ५ शनिवार



बैतडीमा ३१० जना क्वारेन्टाइनमा, स्वास्थ्य अवस्था सामान्य

खुला |


बैतडीमा ३१० जना क्वारेन्टाइनमा, स्वास्थ्य अवस्था सामान्य


गोकर्ण दयाल
बैतडी, चैत १८ गते । भारतबाट आएकाहरु सुरक्षित क्वारेन्टाइनमा बस्न थालेका छन् । मङ्लबार विहानसम्म बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या ३१० पुगेको छ । क्वारेन्टाईमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बैतडीका १० स्थानीय तहमा भारतबाट आएकाहरुको संख्या अझै धेरै रहेकोले स्थानी तहले लगत लिएर क्वारेन्टाइनमा बसाल्नु पर्ने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीका १० स्थानीय तह मध्ये सुर्नया गाउँपालिकाले लगत सङ्कलन गरेर सार्वजनिक गरेको छ । सुर्नयामा भारतबाट ३४६ जना आएको गाउँपालिकाले जानकारी दिएको छ । त्यसै गरि शिवनाथ गाउँपालिकाले पनि लगत ङ्कलन गर्न थालेको छ । शिवनाथमा सातसय भन्दा बढी भारतबाट आएहरुको संख्या रहेको छ तर, त्यहाँ क्वारेन्टाइनमा जम्मा १० जना मात्र बसेका छन् ।

भारतसँग जोडिएको खुला सीमाका कारण महाकालीमा ट्युब तरेर सिधैं घर गएर बस्नेको सख्या अधिक रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो । पाटन नगरपालिका र दशरथ चन्द नगरपालिकाका वडा नम्बर ५, ले पनि भारतबाट आएकाहरुको लगत ङ्कलन गरेको छ । दशरथ चन्द नगपालिका –५ का वडा अध्यक्ष नारायण भट्ट लगत सङ्कलन गर्न र वडामा क्वारेन्टाइन स्थापना गर्न आफै खटिएको वडा सचिव राजु बिष्टले बताउनुभयो । यद्यपि यी नगरपालिकाका सबै वडाको लगत सङ्कलन हुन सकेको छैन ।

भारतबाट आएकाहरु अझै पनि खुलेआम गाउँमा घुमीरहेको मेलौली नगरपालिकाका स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो । भारतबाट आएकाहरुको समयमै लगत सङ्कलन गरेर क्वारेन्टाइनमा बसाल्न नगरपालिकाले उदासिता देखाएको भट्टले गुनासो गर्नुभयो । मेलौली नगरपालिकाले भारतबाट आएकाहरुले तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । लकडाउन भएको एक साता बिति सक्दा पनि बैतडीका सबै स्थानीय तहले भारतबाट आएकाहरुको लगत समेत सङ्कलन गर्न नसक्नु दुःखद् विषय रहेको बैतडीबासीले बताएका छन् ।

बैतडीमा दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिसालैनी गाउँपालिका, दोकगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिका गरि १० स्थानीय तह रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?