logo
२०८१ बैशाख १५ शनिवार



१४ बर्षिया बालिकालाई बलात्कारको आरोपमा झण्डाबाबा पक्राउ

खुला |


१४ बर्षिया बालिकालाई बलात्कारको आरोपमा झण्डाबाबा पक्राउ


शिवशंङ्कर मिश्र ।
बारा, माघ २० गते । बिरामी परेको एक १४ बर्षिया बालिकालाई बलात्कारको आरोपमा झण्डाबाबालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । झारफुक तथा टुनामुनाको कारणले भएको र निको बनाई दिने भनेर बलत्कार गरेको भन्दै स्थानीयले झण्डा बाबा भन्ने हरिनारायण शर्मालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझएको हो ।

भारतको राजस्थान, बुन्दी जिल्ला पाटन थाना सिनता घर भएका ५३ बर्षका रामेश्वर भन्ने हरिनारायण शर्मालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो । बलत्कारपछि पीडित नाबालिकाको अत्याधिक रक्तश्राप भएपछि कलैया अस्पतालमा उपचारपछि हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको बारा प्रहरीले जनाएको छ ।

बिरामी बालिकालाई झारफुक गर्ने बहानामा झण्डा बाबाले आप्mनो कोठामा लगेर आईतवार राती साढे ९ बजे बलत्कार गरेपछि पीडितका आफन्त तथा स्थानीयले बाबालाई नियन्त्रणमा लिएका थिए ।  कोल्हवी नगरपालिका वडा नम्बर–११ रामपुर्वा स्थित रामजानकी मन्दिरमा विगत १५ वर्षदेखि झारफुकको काम गर्दै आएका बाबालाई स्थानीयहरुले ईलाका प्रहरी कार्यालय कोल्हवीलाई आइतबार राती साढे ११ बजे बुझाएका थिए । नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने तयारी सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।
अपराधसहिंता २०७४ को परिच्छेद १८ अन्तरगर्त करणी सम्बन्धि कसुरमा दफा २१९ को उपदफा ३ को (ग) अनुसार १४ वर्ष भन्दा माथि १६ वर्षसम्मको बालिका र महिलालाई करणी गर्दा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने प्रावधान रहेको कानून व्यवसायी तोयनाथ पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?