logo
२०८१ बैशाख २० बिहीवार



शोभाकान्त ढकालको सानोभ-याङस्थित घरमा विस्फोट

खुला |


शोभाकान्त ढकालको सानोभ-याङस्थित घरमा विस्फोट


नारद गौतम
काठमाडौं, माघ १ गते । ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ । विस्फोटमा ढकालको घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ ।
साथै घरको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ भने ढकालका छिमेकीका केही घरका सिसा पनि फुटेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुई महिलाले बम राखेर फर्कने क्रममा विस्फोट भएको र उनीहरु पनि चिच्याउँदै भागेको जानकारी दिएका छन् । तर ती महिला को हुन् भन्ने अझै खुल्न सकेको छैन ।
घटनाका बारेमा स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले घटनाको पुष्टि गर्दै दोषीको खोजी भइरहेको जानकारी दिनुभयो । घटनामा पैदल यात्रामा रहेका गोरखाका कुमार भट्टराई सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ । उता ललिता निवासमा पनि प्रहरीले कडा निगरानी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?