logo
२०८१ बैशाख १५ शनिवार



प्रहरीको गोलीबाट घाइते विष्णु तामाङको ट्रमा सेन्टरमा उपचार हुँदै

खुला |


प्रहरीको गोलीबाट घाइते विष्णु तामाङको ट्रमा सेन्टरमा उपचार हुँदै


देबबहादुर कुँबर 
काठमाडौँ, पुस २७ गते । कर्तब्य ज्यान मुद्धामा फरार सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं.–३ का ३० वर्षीय विष्णु तामाङलाई गोली प्रहार गरी प्रहरीले आइतवार साँझ जोरपाटीबाट नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक र काठमाडौँमा भएको छुट्टा छुट्टै कर्तब्य ज्यान मुद्धामा फरार तामाङलाई जोरपाटीको जम्बुडाडामा नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले गोली चलाउनु परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेशबहादुर सिंहले बताउनुभयो ।
गुण्डागर्दीमा सलग्न तामाङको बायाँ खुट्टाको पिडौलामा एकराउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि बीर अस्पताल ट्रमा सेण्टरमा भर्ना गरिएको छ । वृत्त प्रमुख सिंहका अनुसार, अभियुक्त तामाङ काठमाडौँमा अपराध गरेमा सिन्धुपाल्चोक र सिन्धुपाल्चोक अपराध गरेमा काठमाडौँ लुकिछिपि बस्दै आएका थिए ।
गोकर्ण अत्तरखेल लुकिछिपि बस्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले तामाङको पिछा गरेको थियो । उनी विरुद्ध काठमाडौँ र सिन्धुपाल्चोक प्रहरी कार्यालयमा दुईटा कर्तब्य ज्यान मुद्धा दर्ता भएका छन् । तामाङमाथि सिन्धुपाल्चोकमा एक बालिकालाई चिर्पटले हानी हत्या गरी फरार भएको अभियोग छ ।
त्यस्तैं, अत्तरखेलस्थित मायाज क्याफेमा चिया खाइरहेका सुुदर्शन रोक्का र शुभराज सुनुवारसंग झगडा हुँदा तामाङले शुभराजलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइ फरार भएका थिए । प्रहरीले तामाङमाथि बौद्ध– जोरपाटीक्षेत्रमा गुण्डागर्दी, फिरौति तथा धम्की दिई चन्दा संकलनमा सक्रिए रहेको आरोप लगाएको छ ।
नोट ः यस अघिको समाचारमा विष्णु तामाङ हुनु पर्नेमा लामा पर्न गएकोले सँच्याइएको छ । सम्पादक

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?