logo
२०८१ बैशाख १४ शुक्रवार



प्रधान सेनापति थापा बंगलादेश भ्रमणमा

खुला |


प्रधान सेनापति थापा बंगलादेश भ्रमणमा


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको विशेष विमानबाट आइतवार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्नु भएको छ । मित्रराष्ट्र बंगलादेशसेनाका प्रमुख अजिज अहम्दको औपचारिक निमन्त्रणामा उहाँ बंगलादेश भ्रमणमा जानुभएको हो ।
सेनाको आफ्नै विशेष विमान प्रयोग गरी बंगलादेश भ्रमण गर्ने उहाँ पहिलो प्रधानसेनापति हुनुहुन्छ । यसअघि भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौँ फर्किदा पनि उहाँले नेपाली सेनाको विमानप्रयोग गर्नुभएको थियो ।
यसअघि भारत भ्रमणका क्रममा तत्कालिन प्रधानसेनापतिहरू प्रज्वल सम्सेर जवरा, प्याराजंग थापा र रुक्माङगद कटवालले एभ्रो विमान, गौरवसम्सेर जवरा राणा र राजेन्द्रबहादुर क्षत्रीले भारत भ्रमणमा सैनिक हेलिकप्टर प्रयोग गर्नु भएको थियो ।
प्रधानसेनापति थापा सहित सातजनाको उच्चस्तरिय सैनिक भ्रमण टोली सेनाको विषेष विमान (स्काइट्रक–२८ ) बाट बंगलादेश पुगेको हो । उहाँहरूलाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।
प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको निरीक्षक भ्रमण तथा उच्चस्तरीय सरकारी एवं सैनिक पदाधिकारीहरुसँग भेटवार्ता गर्नुहुने छ । चार दिवसीय भ्रमण पुरा गरी उहाँ माघ १ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बलाधिकृत रथी गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको छ । यस किसिमको उच्चतहको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीचको सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?