logo
२०८१ बैशाख १४ शुक्रवार



छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु

खुला |


छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु


मधुसुधन तिमल्सिना

काभ्रे, पुस २४ गते । जिल्लाको नमोबुद्ध नगरपालिका वडा न २, पनौती नगरपालिका वडा नं. ११ र रोशी गाउँपालिका वडा नं. ९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार विहान पनौती नगरपालिका वडा नं. ११ थुम्कीस्थित भित्री सडक खण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटर बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दूई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रबी कुमार पौडेलले बताउनुभयो ।

मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं. ११ बस्ने बर्ष १६ को राउत के.सी. र सिन्धुपाल्चोक घर भई हाल दिदीको घरमा बस्दै आएका रोशन भण्डारी रहेका छन । सो घटनामा परी पनौती ७ का स्काईभेटर चालक २७ बर्षीय जीबन ताम्राकार घाईते भएको र उहाँको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी तीन सय मिटर तल सलान्दु खोलामा खसेको थियो ।

विहीबार दिउँसो बीपी राजमार्ग अन्तगर्त नमोबुद्ध नगरपालिका वडा न २ सेल्फि डाँडामा मिनी आईचर टिफर दुर्घटना हुँदा दुई जनाको घट्नास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले धुलिखेलबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा २ क ५ नम्बरको मिनी आइचर टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी २२/२३ बर्षको अश्विन बिष्ट र ललितपुर जिल्ला चुनिखेल बस्ने अन्दाजी २०/२२ बर्षीय बिशाल खड्काको मृत्यु भएको बताउनुभयो ।

त्यस्तै बिहीबार विहान रोसी गाउँपालिका वडा नं. ९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दुध बोकेको बा.५ च.५०७४ नम्बरको पानान्चेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोसी गाउँपालिका वडा नं. ९ का १२ बर्षीय अनील रानामगर रहेको प्रहरीले जनाएको छ । उपचारको लागि धुलिखेल अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका थिए । सो घटनामा परी सोही ठाउँका सती कुमारी पीठाकोटे र चालक टंकमान लामा घाइते भएकोे प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?