logo
२०७७ असार २८ आईतवार

सूर्यग्रहणमा विदाको निर्णय भएको छैन छलफल भईरहेको छ : गृह प्रवत्ता

खुला |


2019-12-25-6082


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा दिने विषयमा निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ ।
समाजिक सञ्जालमा सूर्यग्रहणका दिन विहीबार विदा भन्ने केही अनलाइनहरूले समाचार सार्वजनिक गरे पनि गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसोसम्म यसबारे कुनेै निर्णय नभएको बताउनुभयो ।
उहाँले यस विषयमा मन्त्रालयमा छलफल भईरहेको भए पनि विदा दिन निर्णय मन्त्रिपरिषद्ले गर्ने बताउनुभयो । विदा दिने निर्णय भएमा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने र सर्वसाधारणले गृहमन्त्रालयको वेभसाइट मार्फत पनि जानकारी लिन सक्ने बताउनुभयो ।
उहाँले समाजिक सञ्जालमा समाचार राखिएका कारण आफूलाई पनि धेरै तिरबाट फोन आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?