logo
२०८१ बैशाख १४ शुक्रवार



बम बिस्फोटनमा २ को मृत्यु, प्रहरी निरीक्षक सहित पाँच घाइते

खुला |


बम बिस्फोटनमा २ को मृत्यु, प्रहरी निरीक्षक सहित पाँच घाइते


धर्वेन्द्र झा

धनुषा, मङ्सिर २८ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राती करिब १२ं.०० बजे बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ सो घटनामा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन् ।
प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरवाट नजिकै धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएको हो । सो बिस्फोटमा परि दुई जनाको घटनास्थलमै मृत्यू भएको धनुषाका सशस्त्र प्रहरी प्रमुख निर्मल खड्काले सो घटनाको पुष्टि गर्नु भएको छ ।
सो क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सो बारे अनुसन्धान गर्न प्रहरी पुग्नासाथ विस्फोट भएको थियो र उक्त फिस्फोटमा परेर गंभीर घाइते दुई जनालाई अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो ।’
सो विस्फोटमा परी स्थानीय अंदाजी ४५ बर्षिय राजेश साह र उनका छोरा अन्दाजी बर्ष २५ का आनन्द साहको मृत्यू भएको प्रहरीले जनाएको छ ।
करिब १२ बजेतिरै भएको सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) अमित दाहाल र प्रहरी जवान रिजनाथ महतो सहित अन्य ४ जना घाईते भएका हुन् ।
बम विस्फोटमा परी साह परिवारका बाबुछोराको घटनास्थलमै मृत्यू भएको छ भने प्रहरी नीरिक्षक दाहाल र एक प्रहरी जवान गम्भिर घाईते भएकोमा थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।
सो बम विस्फोटमा परी मृतक राजेशका १९ वर्षीय छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाईते रहेको बताइएको छ ।
अँजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?