logo
२०८१ बैशाख १५ शनिवार



१४ घण्टाको फरकमा तीन बस पल्टिए, ४१ घाइते

खुला |


१४ घण्टाको फरकमा तीन बस पल्टिए, ४१ घाइते


नारायणगढ समाचारदाता
भरतपुर मङसिर २७ गते । चितवनमा १४ घण्टाको फरकमा तीन वटा यात्रुबहाक बस पल्टिएका छन् । पूर्व पश्चिम राजमार्गको रत्ननगर र भण्डाराको हर्दी एवं पृथ्वी राजमार्गको इच्छाकामनाको गाउँपालिकाको कुरिनटारमा गरि तीन वटा बस पल्टिएका हुन् ।
विहीवार राती १०ः४५ वजे देखि शुक्रवार दिउसो १२ः४५ वजे सम्ममा खचाखच यात्रु भरिएका बस तीन वटा बस पल्टिदा ४१ जना यात्रु घाइते भएका छन् । तीनै वटा बस सडकबाट पल्टिदा यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नयाव उपरीक्षक एकनारण कोइरालाले जानकारी दिनुभयो ।
“गए राती (विहिवार ) र आज (शुक्रवार) दिउसो गरेर तीन वटा बस पल्टिदा ४१ यात्रु घाइते भएका छन्”, प्रवक्ता कोइरालाले भन्नुभयो ।
काठमाण्डौवाट वुटवल जान लागेको लु २ ख १५७९ नम्वरको बस शुक्रवार दिउसो १२ः४५ वजे कुरिनटारमा, विरगञ्जवाट नारायणगढ जान लागेको बा३ख८४९० नम्वरको बस शुक्रवार दिउँसो ११ः१० वजे राप्ती नगर पालिकाको वडा नम्वर ६ हर्दिमा र काठमाडौवाट पूर्वतर्फ जादै गरेको ना ७ ख ४७५५ नं. को बस राती १०ः४५ बजे रत्ननगर नगर पालिका वडा नम्वर २ स्थित टाँडीमा पल्टिएका थिए । तीनवटै बस अनियन्त्रित भइ सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दूर्घटनामा परेको बा३ख८४९० नम्वरको बसमा यात्रा गर्ने मध्ये १३ जना घाइते भएका छन् । रत्ननगरको टाँडीमा ना ७ ख ४७५५ नं. को बसमा भएको दूर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् भने कुरिन टारमा दुर्घटनामा परेको लु २ ख १५७९ नम्वरको बसका ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दुवै बस अनियन्त्रित भई राजमार्गवाट पल्टिन पुगेको थियो । टाडीमा दूर्घटनामा परेको बसमा ३६ जना र हर्दिमा ुूर्घटनामा परेको बसमा २३ जना र कुरिनटारमा दूर्घटनामा परेको वसमा २६ जना यात्रु सवार थिए ।
सो दुर्घटनामा घाइते हुने मध्ये केही उपचार पश्चात डिष्चार्ज भएका छन् भने वाँकी घाइतेहरूको भरतपुर स्थित विभिन्न अस्पतालहरूमा उपचार भैरहेको छ । प्रहरीका अनुसार पुरानो मेिडकल कलेजमा १५ जना र नयाँ मेडिकल कलेज चितवन मेडिकल कलेजमा १५ जनाको उपचार भैरहेको छ । घाइते सवैको अवस्था खतरा मुक्त रहेको वताइन्छ ।
पछिल्लो समय चितवनमा एक पछि अक्र्रो दूर्घटना हुन थालेको छ । मंङसिर महिनामा मात्रै दुर्घटनाका कारण चितवनमा १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोटरसाइकल दुर्घटनामा ५ जना, अटोमा ५ जना, ट्रयाक्टरबाट २ जना, पैदलयात्री ५ जना र १ जना साइकलयात्री रहेका छन् ।
पछिल्लो दुवै दुर्घटनाका कारण खुलेको छैन । वढ्दो चिसो मौसम र हुस्सुका कारण राती तथा विहानको समयमा सहज सडक नदेखिने हुदा दूर्घटना वढेको प्रहरी प्रवक्ता कोइरालाको अनुमान छ । शुक्रवार पनि दिनभरी नै वर्षाद सहित चितवनमा हूस्सू लागि रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?