logo
२०८१ बैशाख १५ शनिवार



सूचना आयोगकाे प्रमुख आयुक्तमा गुरुङ सिफारिस

खुला |


सूचना आयोगकाे प्रमुख आयुक्तमा गुरुङ सिफारिस


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समिति बैठकले पदाधिकारी सिफारिस गरेको हो । समितिले प्रमुख आयुक्तमा पूर्व सचिव महेन्द्रमान गुरुङको नाम सिफारिस गरेको छ ।

समितिले आयुक्तमा अधिवक्ता समेत रहनुभएकी कमला वली थापालाई सिफारिस गरेको छ । यस्तै, अर्का सदस्यमा रत्नप्रसाद मैनाली (दीपक) लाई सिफारिस गरेको छ । मैनाली पत्रकार हुनुहुन्छ ।

सिफारिस समिति अध्यक्ष तुम्बाहाङ्फेले पदाधिकारी सिफारिस गरिएको बताउनुभयो । उहाँले सिफारिस अनुसार नियुक्तिको प्रक्रिया भने बाँकी रहेको जानकारी दिनुभयो । सिफारिस अनुसार आयोगका पदाधिकारी मन्त्रिपरिषदले नियुक्त गर्नेछ । हालको पदाधिकारीको कार्यकाल पुस तेस्रो साता सकिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?