logo
२०८१ बैशाख १५ शनिवार



पेट्रोल र डिजेलमा  दुई  रूपियाँ वृद्धि   

खुला |


पेट्रोल र डिजेलमा  दुई  रूपियाँ वृद्धि   



 काठमाडौँ, मङ्सिर १६ गते ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ ।    
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाउनुभयो ।    
    
हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?