logo
२०८१ बैशाख १५ शनिवार



यौन दुव्र्यवहारको आरोपमा निलम्बन

खुला |





गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरिएको छ । परिषद्ले उहाँको दुई महिनाको तलबसमेत रोक्का गरी निलम्बन गरेको हो ।
कार्यालय समयमै मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उहाँलाई निलम्बन गरिएको हो । गत मङ्सिर १ गते दिउँसो ३ बजेतिर मादक पदार्थ सेवन गरी झाले एक जना महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
घटनालगत्तै महिला कर्मचारीले परिषद् अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झासमक्ष आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै उजुरी गर्नुभएको थियो । परिषद्का अध्यक्ष डा. झाले अधिकृत झाविरुद्ध उजुरी परेपछि तत्काल कर्मचारीहरूको बैठक बोलाई विभागीय कारबाही गरेको बताउनुभयो । झालाई मङ्सिर ४ गतेदेखि १८ गतेसम्मका लागि निलम्बन गरिएको हो । तलब रोक्का तथा निलम्बनसम्बन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको उल्लेख छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?