logo
२०८१ बैशाख १५ शनिवार

  वीरगञ्जका युवाको सह्रानीय काम 



सधै धूलाम्य रहने शंकराचार्य गेट शनिबार सफा

खुला |


सधै धूलाम्य रहने शंकराचार्य गेट शनिबार सफा



दिपकप्रसाद गौतम
वीरगञ्ज , मंसीर ७ गते । नेपाल कै प्रमुख प्रवेशद्वार वीरगञ्जस्थित शंकराचार्य गेट सवारीसाधन ओहरदोहोर गर्दा उड्ने धूलोले सधै धुलाम्य हुने गरेको थियो तर शनिबार भने अर्कै दृश्य देखाप¥यो । धूलो पनि उडेको छैन सवारी साधन अन्य दिनमा जस्तै निर्वाधरुपमा आउजाऊ गरी रहेका थिए कैतै फोहर मैला पनि देखिदैन ।
वीरगञ्जका युवा आवद्ध रहेको ‘भोलुन्टर’ नामक युवा समूहले शनिबार शंकराचार्य गेट क्षेत्रमा सरसफाई कार्यक्रम गरेपछि सधै घुलाम्य रहने शंकराचार्य गेट शनिबार सफा भएको हो । हुन न त यस अघि पनि उक्त क्षेत्रमा बेला बेलामा बिभिन्न संघसंस्थाले सरसफाई कार्यक्रम आयोजना गरी सरसफाई गर्ने गरेको भए पनि शनिबार भने महानगरपालिकाको बु्रमर, दमकल सहितका महानगरपालिकाका केहि सरसफाईकर्मीको सहयोगमा सरसफाई गरिएकाले शंकराचार्य गेट शनिबार सफा भएको हो
सडकमा फालिएको प्लाष्टिक र फोहर महानगरपालिकाको बु्रमरबाट टिपिएपछि महानगरपालिकाको दमकलको प्रयोग गरी पानी सडक धोईपखाली गरिएपछि धूलो नउड्ने भएको छ यसअघि ूुलो र फोहरका कारण नाका प्रदुषित र दुर्गन्धित थियो ।
भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले दुई साताको मिहिनेतपछि नाकाको अवस्थामा केही सुधार आएको बताएका छन् । ‘गेट वे अफ नेपाल’ भनेर चिनिने मुख्य नाका नै फोहर भएकाले त्यसको सरसफाईका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
शंकराचार्य गेटदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुनुको साथै वीरगञ्ज महानगरपालिकाले सडक र सिर्सिया नदीको किनारमा फोहोर फाल्दै आएकाले नाका प्रदुषित र दुर्गन्धित बनेको तर अब महागरालिकाले सडक किनारमा फोहोर नगर्ने र नियमित सफाई गर्ने आश्वासन दिएको श्रीवास्तवले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिकाका सरसफाई कर्मचारी , महिला समूह फोरजिआर, पब्लिक फिटनेस, बि.पि.एस स्कुलका बिद्यार्थी लगायत विभिन्न निकायका प्रतिनिधिहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?