logo
२०८१ बैशाख १४ शुक्रवार



९५ किलोमिटरको ३५ सय भाडा, टिपरको जोखिमपूर्ण यात्रा

खुला |


९५ किलोमिटरको ३५ सय भाडा, टिपरको जोखिमपूर्ण यात्रा


राजन रावत
सिमकोट कात्तिक २२ गते । राष्ट्रिय सडक सञ्जाल नजोडिएको उत्तरी हुम्ला जिल्ला गाडी चढ्न पाइन्छ । त्यो पनि एक दुई किलोमिटर होइन ९५ किलो मिटरसम्म । सदरमुकाम सिमकोटबा चीनको सीमाना पर्ने हिल्सासम्म गाडीका यात्रा गर्न यात्रुले ३५ सय रुपियाँ भाडा तिर्न बाध्य भएका छन् ।
हिल्सादेखि याल्बाङ र सल्ली हुँदै लाङ्दुबाट सिमकोटमा ट्रक तथा टिपरमा यात्रा गर्दा यात्रुहरुले उक्त दरमा भाडा तिर्दै आएका हुन । केही दिन अगाडि हिल्साबाट सिमकोटसम्म ९५ किलो मिटर सडकमा टिपरबाट यात्रा ३५ सय भाडा तिरेर आएको सिमकोट गाउँपालिका वडा नम्बर २ का धिरी बोहराले बताउनुभयो ।
त्यति महंगो भाडा तिरे पछि अरामदायी यात्रा गर्न पाए त हुन्थ्यो तर आरामदायी यात्रा गर्नु स्थानीयका लागि सपना मात्रै हो । दुरी अनुसार भाडा दर महंगै भए पनि महंगो सस्तो भन्दा बढी यात्रा गर्न पाए हुन्छ भन्नेका यात्रुका कारण यति धेरै भाडा तिर्नु परेको उहाँले बताउनुभयो । केही स्थानमा सिमकोट हिल्सा सडकको बिस्तार कार्य भएको भए पनि केही भागमा भने प्रारम्भिक ट्रयाक ओपन भएको सडकमा टिपर गुडेर आउने गरेको छ । बिहान सबेरै गाडी चढेका बेलुका सात आठ बजे सिमकोट पुग्ने गरिन्छ । सो खण्डमा हाल साना गाडी सञ्चालनमा नआएको र हिल्साबाट कुनै निजी बोलेरो तथा स्कारपियो रिजर्भ गरेर ल्याए ४५ हजार सम्म भाडा असुल्ने गरेका छन् ।
हिल्साबाटै टिपरमा तीन हजार पाँच सय भाडा तिरेर सिमकोट आउनु भएका अर्का यात्री भैरब भण्डारीले पनि गाडी भाडा महंगो भएको बताउनुभयो । त्यति मात्र होईन, तिनै गाडीले हिल्साबाट सिमकोटका लागि प्रतिकेजी सामानको भाडा पनि पैतीस रुपियाँ लिने गरेका छन् ।
गाडीले पनि मानिस र सामान केही क्याबिन र केहीलाई ट्रलीमा राखेर यात्रा गराउने गरेको उहाँले बताउनुभयो । तर, बिना नम्बर प्लेटका चिनीयाँ गाडी गुडाउदै आएका गाडी धनी भने बाटो कच्ची र ताक्लाकोटमा इन्धनको मुल्य महंगो भएको कारण भाडा बढी लिनु परेको बताउदै आएका छन् । त्यो कुरा केही हदसम्म सत्य भए पनि इन्धनको भने उनीको दाबी अनुसार महंगो नभएको ताक्लाकोटमा रहेका नेपालीले बताएका छन् । हिउँदे याम लागे संगै हुम्ला आउने कम्तीमा तीन देखि चार सय नेपालीले यति धेरै भाडा तिरेर यात्रा गर्नु पर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?