logo
२०८१ बैशाख १५ शनिवार



चोभारबाट पेस्तोल सहित तीन जना पक्राउ

खुला |


चोभारबाट पेस्तोल सहित तीन जना पक्राउ



गोरखापत्र अनलाइन
काठमाडांै, कात्तिक २१ गते । प्रहरीले कीर्तिपुरको चोभारबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामा काठमाडौंका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रेहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाले बताउनुभयो ।
उनीहरूको साथबाट अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोली समेत बरामद भएको छ । साथै निजहरूले प्रयोग गरेको बा १७ च ८३६४ नम्बरकोे गाडी समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले उनीहरू लुटपाट मच्चाउन काममा संलग्न भएको आशंका गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?