logo
२०८१ बैशाख १५ शनिवार



टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खुला |


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सर्लाही, कात्तिक २० गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुलमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना ८ ख ६२७० नम्वरको टिपरको ठक्करबाट ना ४६ प २५८२ नम्वरको मोटरसाइकलका चालक जिल्लाको ईश्वरपुर नगरपालिका–१४, का २६ वर्षीय दिपेन महतोको मृत्यु भएको हो ।

मोटरसाइकलमा राखेर तरकारी बिक्री गर्न लालबन्दी बजारतर्फ आउँदै गरेका महतोको टिफरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?