logo
२०८१ बैशाख २२ शनिवार



म्याग्दीको विममा माइक्रो बस दुर्घटना, चारको मृत्यु

खुला |





ठाकुरप्रसाद आचार्य
म्याग्दी,कार्तिक १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ विममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गाउँपालिका केन्द्र दरवाङ बजारबाट यात्रु लिएर विमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको माइक्रोबस गलघण्टी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटना भएको खवर पाउनासाथ दरवाङ इलाका प्रहरी कार्यालय र स्थानीयवासीहरु उद्धारमा जुटेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । बसमा कतिजना यात्रु सवार थिए भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?