logo
२०८१ बैशाख १४ शुक्रवार



अध्यक्षकै घरमा गाउँको सिंहदरवार

खुला |


अध्यक्षकै घरमा गाउँको सिंहदरवार


कमल शर्मा
दैलेख, कात्तिक ६ गते । जिल्लाको नौमुले गाउँपालिका पनि भाडाकै घरमा बसेर सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालाले बताउनुभयो । उहाँले गाउँपालिकाको कार्यालय संचालन, जनप्रतिनिधिको बैठक कक्ष न्यायिक समितिका लागि घरभाडामा लगिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भदे बुढाले आफ्नै घरमा कार्यालय राखेपछि नौमुले गाउँपालिकाले आफ्नै भवन निर्माणको चासो समेत नदिएको पाइएको छ ।
अध्यक्षले गाउँपालिकाको कार्यालय आफ्नै घरमा राख्नु भएको छ त्यसको भाडा समेत कति लिन्छन कसैलाई जानकारी नभएको नौमुले गाउँपालिका वडा ३ का शशी बिश्वकर्माले बताउनुभयो । गाउँपालिकाले भवन लागि आवश्यक कोटेशन मागेर त्यसका आधारमा भवन छान्नु पर्ने भएपनि त्यस्तो हुन नसकेको जनाउनुभयो ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका समेत भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । भाडामा लिएको घरबाट सेवा प्रवाह गर्न समस्या भएपछि नगरपालिकाले कार्यालय भवन नजिकै रहेको जयदेव माबि बिद्यालय समेत प्रयोग गर्ने गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर प्रमुख सूर्यबहादुर शाहीले सहरी बिकास मन्त्रालयले भवनको डिजाइन स्टमेट निर्माण गरेको र अव चाँडै भवनको टेन्डर आव्हान हुने बताउनुभयो । दैलेखका अधिकाँश स्थानीय तह भाडाकै घरबाट संचालन भइरहेका छन् । स्थानीय सरकार गठन भएको दुई बर्ष बितिसक्दा समेत गाउँका सिंहदरवार भनिने स्थानीय सरकारको आफ्नै भवन नहुँदा वर्सेनि लाखौं रकम घरभाडामै खर्च हुने गरेको छ ।
जिल्लाका ११ स्थानीय तह मध्ये अाठ वटा स्थानीय तह भाडाकै घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् । गाउँपालिकाको भवन मात्र होइन गाउँपालिकाका बिषयगत शाखाहरुका लागि छुटाछुट्टै भवन भाडामा लिएर सेवा प्रवाह गरिरहेका छन् । भाडाको घरमा बस्ने हरेक स्थानीय तहले बार्षिक चारदेखि सात लाखसम्म घरभाडा तिर्नु पर्ने बाध्यता छ । स्थानीय सरकार गठन भएको दुई बर्ष सम्म केन्द्र बिवाद, जग्गा खरिद जस्ता महत्वपूर्ण काम समयमै सम्पन्न हुन नसक्दा स्थानीय तहले कार्यालय व्यबस्थापन कर्मचारीको आवासका लागि घर भाडामा लिदै आएका छन् ।
स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्न नसक्दा भाडामा लिएका साँघुरा घरबाट गाउँपालिका सेवा दिन बाधय भएको भगवतिमाई गाउँपालिकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले बताउनुभयो । उहाँले गाउँपालिका कार्यालय संचालन गर्न बिषयगत शाखालाई काम गर्न अन्य एक घर भाडामा लिएको बताउनुभयो । भाडाकै घरमा बसेर सेवा दिदा बर्षेनी घरभाडामा मात्र लाखौ रकम खर्च हुने भएपछि गाउँपालिकाले भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको भवन निर्माण गर्नका लागि स्थानीय नागरिकहरुले जग्गा दान समेत गरिसक्नु भएको जनाउनुभयो ।

जिल्लाको भैरवी गाउँपालिकाले गाउँपालिका वडा कार्यालयको भवन निर्माण गर्न गाउँसभा मार्फत ८६ लाख रकम बिनियोजन गरेपनि गाउँपालिकाको भवन निर्माण गर्न चासो दिएको छैन । गुराँस गाउँपालिकाले निर्वाचन भएको डेढ बर्षमा गाउँपालिकाको केन्द्रको बिवाद मतदान बाट टुंग्याएर घोडाबास बाट गुराँसे सारेको एक बर्ष पुग्दा समेत भवन निर्माणमा चासो नदिएको गाउँपालिकाका वडा नः ८ का अध्यक्ष हिम वलीले बताउनुभयो । उहाँले गाउँपालिका बसिरहेको भवन र ४ रोपनी जग्गा किन्नका लागि १ करोड रकम बिनियोजन गरेको जनाउनुभयो ।
जिल्लाको आठबिस नगरपालिका , ठाटिकाँध गाउँपालिकालले आफ्नै भवन बनाउने तर्फ चासो दिएका छैनन् । गाउँपालिकाले आफन्तको घर घरभाडामा लिने र लाखौ रकम खर्च गर्ने परिपाटी दैलेखमा भएको नागरिक समाजका अगुवा यामराज थापाले बताउनुभयो । उहाँले घरभाडाका नाममाम रकम निकासा ग¥यो खायो त्यसरी खाँदा भ्रष्टाचार पनि नहुने भएपछि अहिले भाडामा समेत जनप्रतिनिधिले आँखा लगाएको बताउन् भयो । जिल्लाका नारायण नगरपालिका, दुल्लु नगरपालिका, महावु गाउँपालिका मात्र आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?