logo
२०८१ बैशाख १४ शुक्रवार



जनकपुरमा गोली चल्यो एकको मृत्यु

खुला |


जनकपुरमा गोली चल्यो एकको मृत्यु


दीपककुमार मिश्र

जनकपुरधाम, कार्तिक ६ गते । आज बिहान दुई युवाबिच भएको लेनदेनको विवादले उग्र रुप लिदाँ गोली चल्दा जनकपुरका एक व्यवसायीको हत्या गरिएको छ ।

आपसी लेनदेनको विवादले उग्र रुप लिएपछि गोली चलेको थियो । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित विद्युत प्राधिकरण चौक नजिकैवाट चलेको गोली लागेर जनकपुर–१ का मनोज शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी डिजेल पेट्रोलको व्यवसाय संचालन गदैै आएका व्यवसायी रहेको डिएसपी रामेश्वर कार्कीले बताउनुभयो ।

प्रहरीका अनुसार मनोज शाहलाई पंकज भनिने शंकर चौधरीले गोली प्रहार गरेका थिए । शंकरको घरमा पैसा माग्न गएका मनोजलाई शंकरले गोली प्रहार गरेका थिए । गोली लागेका उनलाई उपचारको लागि अस्पताल लगे लगत्तै मृत घोषणा गरिएको थियो । प्रहरीले हत्यामा संम्लग्न शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

शंकरको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?