logo
२०८१ बैशाख १५ शनिवार



सांसद पार्वत गुरूङ जिल्ला अदातल काठमाडौंमा हाजिर

खुला |


सांसद पार्वत गुरूङ जिल्ला अदातल काठमाडौंमा हाजिर


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३ गते । ज्यान मार्ने उद्योग गरेको अभियोगमा काठमाडौ जिल्ला अदालतबाट म्याद जारी भएका सांसद पार्वत गुरूङ आइतबार जिल्ला अदातल काठमाडौंमा हाजिर हुनुभएको छ ।
उहाँ विरुद्ध वीरध्वज खड्काले गत बैशाख २९ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नु भएको थियो । सो मुद्दामा बयान दिन उहाँलाई अतालतले कात्तिक १४ गते भित्रमा हाजिर हुन म्याद तामेली गरेको र सोही अनुसार उहाँ आज हाजिर हुन जानुभएको थियो ।

उहाँको अदातलमा वयान जारी रहेको र बयान आजै सकिएमा थुनछेक बहस हुने अदालत स्रोतले बताएको छ । विगतको स्थानीय तहको निर्वाचनका बखत काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरुङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?