logo
२०८१ बैशाख १५ शनिवार



पोखरीमा डुबेर बालिकाको मृत्यु

खुला |


पोखरीमा डुबेर बालिकाको मृत्यु


धीरेन्द्रप्रसाद साह,

राजविराज, कात्तिक ३ गते । पोखरीमा नुहाउने क्रममा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका ४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिकाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

कञ्चनरुप नगरपालिका ८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले बताइएको छ ।

शनिबार बिहान पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै बालिका बेपत्ता भएकी थिइन । पानीमा बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी गर्दै जाँदा साँझ मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?