logo
२०८१ बैशाख १५ शनिवार



इन्धनको माग घट्दै

खुला |


इन्धनको माग घट्दै


गोरखापत्र समाचारदाता

काठमाडौँं, असोज २७ गते । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ । यो हरेक वर्ष वृद्धि हँुदै आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।
उहाँले भन्नुभयो, दशैँमा झण्डै ४५ प्रतिशतले माग बढेको थियो तर हामीले सहज आपूर्ति गरियो, आपूर्तिमा कुनै समस्या भएन, हामीले भण्डारण पनि योजनाबद्ध गरेको थियौँ, दशैँको दिनमा पनि आपूर्ति रोकिएन वितरण भयो, तिहारसम्म माग बढी नै रहन्छ ।
दशैँका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । सवारीको चापले गर्दा इन्धनको माग बढेको छ । दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिणाममै डिजेल बिक्री भएको थियो । माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिनुभयो । दशैँको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति रोकिएन । दशँैमा निगमले तीन दिन बिदा मनाए पनि बिक्री वितरणलाई भने निरन्तरता दियो । दशैँ तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो । अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?