logo
२०८१ बैशाख २६ बुधवार



पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

खुला |


पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध


कमल शर्मा
दैलेख असोज १ गते । मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

दैलेखको गुराँस गाउँपालिका र सुर्खेत सिमनामा पर्ने सेतेभिरमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार सुर्खेत दैलेख सडक खण्डको सियाकोटमा पहिरो आउँदा दैलेख आउने साना तथा ठुला मालबहाक सवारी साधन रोकिएको उहाँले बताउनुभयो ।

सुर्खेत, दैलेख हुँदै कालीकोट, जुम्मा र मुगुसम्म जाने साना सवारी साधन समेत सियाकोट देखि तल्लो डुंगेश्वरमा जाने रतिखोलामा समेत पानीको बहाव बढेपछि साधानहरु रोकिएको प्रहरीले जनाएको छ ।

लगातार वर्षाका कारण दैलेख सदरमुकामबाट छुट्ने साना तथा ठुला सवारी साधनहरु विहानदेखि छुट्न सकेका छैनन् ।

दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका, भगवतिमाई गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका जाने सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ ।

भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका अनुसार भगवतिमाई गाउँपालिका वडा नं ५ मा रहेको देउल गाउँका १५ घर पहिरोको जोखिममा रहेको बताउनुभयो । लगातार वर्षा भएपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न गाउँपालिकाले आग्रह गरेको उहाँले बताउनुभयो ।

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष प्रेम बुढाका अनुसार कुसापनीमा रहेको प्रहरी चौकी अघि पहिरो जाँदा गाउँपालिकादेखि छुट्ने सबै सवारी साधनहरु आवतजावत गर्ने नसकेको बताउनुभयो ।

गाउँपालिकाले पहिरो पन्छाउन डोजेर प्रयोग गरिरहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?