logo
२०८१ बैशाख २९ शनिवार



सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

राष्ट्रिय |


सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त


काठमाडौं, चैत १५ गते । सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्ति गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई न्यायधीशमा नियुक्ति गरिएको हो ।

उहाँ उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशको रुपमा कार्य गर्दै आउनुभएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले  विज्ञप्ति जारी गुर्नहुँदै साे जानकारी गराउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?