logo
२०८१ जेष्ठ ८ मंगलवार



निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु

राष्ट्रिय |


निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु


काठमाडौं, फागुन २७ गते । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ ।

निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदैछ । छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका थिए । तर, ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक ७९ दल दर्ता भएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?