logo
२०८१ बैशाख २० बिहीवार



लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

खुला |
समाज |


लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस
टोपी दिवसको दिन टोपी लगाएर निकालिएको -याली । तस्बिरः बेलिना थापा


बेलिना थापा
लमजुङ, पुस १७ गते । लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ । युवायुवती आवद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएको हो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीसहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भिमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर ¥याली निकालिएको थियो ।

प्रहरी, प्रशासन, अन्य सरकारी कार्यालय, गैर सरकारी कार्यालय, युवा क्लब, सामाजिक संघसंस्थामा आवद्ध भएकाहरुले नेपाली टोपी लगाएर ¥यालीमा उपस्थित भएका थिए । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नेपाली टोपी नेपालीको राष्ट्रिय पोशाक भएकाले यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताउनुभयो । राष्ट्रियता भूगोलसँग मात्र जोडिने नभई विभिन्न जातजातिको कला, संस्कृतिसँग पनि जोडिने बताउनुभयो । सबै समुदाय, सबै जातजातिको पहिचान संरक्षण र सम्वद्र्धन हुनु नै राष्ट्रियताको संरक्षण रहेको उहाँको भनाइ छ ।

‘टोपी मुलुकको पहिचान हो । दौरा सुरुवाल, भांग्रा, बक्खुलगायत सबै जातजातिको पोशाक हाम्रो पहिचान हो । जातिगत पहिचान जगेर्ना गर्नु नै राष्ट्रियताको संरक्षण हो’ उहाँले भन्नुभयो, ‘सबै जातजाति, विचारका भेला भएका छांै । हामी सबैले टोपी लगाउँदा राष्ट्रिय एकता झल्किएको छ । राष्ट्रिय एकता स्वीकार गरेका छौं । राष्ट्रिय पहिचानको पक्षमा लागेको छौं ।’ टोपीले नेपालीको एकता कायम गर्ने कुरामा सहयोग पुगेको बताउनुभयो ।
लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले नेपाली टोपीको महत्व सबैै सामु पु¥याउन आवश्यक रहेको बताउनुभयो । टोपीले एकता झल्काउने उहाँले बताउनभुयो । रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले नेपाली टोपीको संरक्षणका लागि युवा पुस्ताले चासो दिएको बताउनुभयो । नेपालीको राष्ट्रिय पहिचान झल्कने नेपाली टोपी लगाउने परम्परा हराउँदै गएपछि यसको संरक्षणमा लाग्दै आएको बताउनुभयो । ‘नेपाली टोपी हाम्रो पहिचान हो । तर, युवा पुस्ताले नै यसलाई भुल्न थालेका छन् । युवावर्गले संरक्षणमा चासो दिनपर्छ भनेर हामी लागेका छौं’ उहाँले भन्नुभयो, ‘दिवसको दिन मात्र नभएर दैनिक लगाउनुपर्छ । राष्ट्रिय पहिचान जोगाउनुपर्छ ।’

नेपाली टोपीले राष्ट्रिय एकता, राष्ट्रिय पहिचानको संरक्षण गर्ने भएकाले लगाउनुपर्ने रोटरी क्लब अफ लमजुङका अध्यक्ष रेशम घिमिरेले बताउनुभयो । युवाको नेतृत्वमा राष्ट्रिय पहिचान संरक्षणको काम गरेको बताउनुभयो । अन्तराष्ट्रिय टोपी दिवस रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको संयुक्त आयोजनामा मनाइएको हो । कार्यक्रममा जेसिज लमजुङ, लायन्स इन्टरनेशनल, लायन्स टुगेदर वी क्यान लमजुङ, लमजुङ कालिका युवा सञ्जाल, लमजुङ कालिका स्काई क्लब, लमजुङ उद्योग वाणिज्य संघ, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), उद्योग वाणिज्य संघ बेंसीसहर इकाईको समन्वय थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की, राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, आरसीडीसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरे, लायन्स क्लब अफ लमजुङका अध्यक्ष बिजय घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रोटरीयन श्रीकृष्ण लामिछानेले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?