logo
२०८१ जेष्ठ ७ सोमवार



शीतलहर र हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द

राष्ट्रिय |
प्रदेश |


शीतलहर र हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द
नेपालगञ्ज विमानस्थल । तस्विर - सिराज खान ।



सिराज खान
नेपालगञ्ज, पुस ४ गते । आइतवार बिहानैदेखि यहाँ चलेको शीतलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ ।कुहिरो र हुस्सुले भिजीबिलिटी निकै कम भएका कारण आइतबार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडि जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु पनि रद्द भएका छन् । दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकाले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाले बताउनुभयो । नेपालगञ्जबाट विहान हुम्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाडांै र पोखराका लागि विहान, दिउँसो र बेलुका उडान हुने गरेका छन् ।

मौसमका कारण विमानस्थल नखुल्दा पहाडि जिल्लाहरु र राजधानी काठमाडौं जाने यात्रुहरु विमानस्थलमा उडानको प्रतिक्षामा रहेको पनि नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
काठमाडाैं जानका लागि बिहानै विमानस्थल पुग्नु भएका नेपालगञ्जका साजिद अलि सिद्दिकीले उडान नहुँदा अहिलेसम्म विमानस्थलमै पर्खिरहेको बताउनुभयो । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय राँझाका अनुसार शितलहर र हुस्सुले भिजीबिलिटी निकै कम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?