logo
२०८१ जेष्ठ ७ सोमवार

  दृश्य समाचार  



महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुनुपर्छ

राष्ट्रिय |


महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुनुपर्छ


सपना थामी, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं, मंसिर २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भयो । काँग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुरुप शनिवार बिहान १० बजेदेखि महाधिवेशनको उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु हुनेछ ।

काँग्रेस महाधिवेशनमा सहभागी नेता तथा कार्यकताहरुले भने जारी १४ औं केन्द्रीय महाधिवेशनले सबल एवम् सक्षम नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनमा पुनः सभापति पदको आकांक्षी हुनुहुन्छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह सभापति पदका प्रत्यासीका रुपमा हुनुहुन्छ । काँग्रेसमा यस पटक युवा सहभागिता विगतको भन्दा बढी देखिएकोले नयाँ पुस्तालाई पनि सँगसँगै लानुपर्ने धारणा महाधिवेशनमा सहभागी हुनुभएको नेता तथा कार्यकर्ताले राख्नुभएको छ ।

संविधान र काँग्रेसको विधानले पनि व्यवस्था गरेअनुरूप नेतृत्व चयनमा महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र पिछडिएको क्षेत्र लगायतका विभिन्न कल्ष्टरको प्रतिनिधित्व हुनुपर्नेमा सहभागीहरुले जाेड दिनु भएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?