logo
२०८१ बैशाख १५ शनिवार



ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

खुला |
प्रदेश |


ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु


शेरबहादुर सार्की
बाजुरा, मङ्सिर २३ गते । जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भीरबाट ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला घर भएका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जनाएको छ ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्वरको मालबहाक ट्रक आज विहान भीरबाट करिब पाँच सय मिटर तल खस्दा गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रमुख तथा प्रहरी नायव निरीक्षक वीरसिंह ठगुन्नाले बताउनुभयो ।

उहाँका अनुसार मृतकको सनाखत भए पनि उनीहरुको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको छ ।

कर्णाली करिडोरमा सञ्चालन भइरहेको सवारी साधनले क्षमताभन्दा बढी सामान तथा यात्रुहरु बोक्ने गरेकाले दुर्घटना बढेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?