logo
२०८१ बैशाख १५ शनिवार



बेलायतमा मङ्गलबार ओमिक्रोनका एक सयभन्दा बढी सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


बेलायतमा मङ्गलबार ओमिक्रोनका एक सयभन्दा बढी सङ्क्रमित भेटिए


लन्डन, मङ्सिर २२ गते । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक सयभन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार यो भाइरसका एक सय जनाभन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराउनुभएको थियो ।

साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिनुभएको थियो । उहाँले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यसअघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएकाे बताउनुभएको थियो ।

हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिन अघि देखिएको थियो । प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टाभन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?