logo
२०८१ बैशाख १५ शनिवार



निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको कमल थापाको आरोप

राष्ट्रिय |


निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको कमल थापाको आरोप


काठमाडौं, मङ्सिर १९ गते । राप्रपाको एकता अधिवेशनमा अध्यक्षपदमा पाराजित हुनु भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निबासको हस्तक्षेप भएको आरोप लगाउनु भएको छ । निर्वाचन परिणाम लगतै समाजिक सञ्जाल मार्फत नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिँदै उहाँले सो आरोप लगाउनु भएको हो
उहाँले भन्नु भएको छ, 'पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु।'
 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?