logo
२०८१ बैशाख १४ शुक्रवार

  राप्रपा एकताको पहिलो महाधिवेशन  



मतदान सकियो, मतगणना सुरु

राष्ट्रिय |


मतदान सकियो, मतगणना सुरु


काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

शनिबार राति करिब साढे ११ बजे मतदान सकिएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो ।

राप्रपामा नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डपमा भएको मतदानमा तीन हजार ८७३ मत खसेको छ ।

बस्नेतका अनुसार आइतबार बिहान २ बजेसम्म मतदानको परिणाम आउने छ ।

राप्रपाको अध्यक्षा पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार हुनुहुन्छ भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १४१ पदका लागि २७० जना उम्मेदवार हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?