logo
२०८१ बैशाख १४ शुक्रवार



‘जवाद’ चक्रवातको असर सोमबारसम्म

राष्ट्रिय |
समाज |


‘जवाद’ चक्रवातको असर सोमबारसम्म


काठमाडौं, मङ्सिर १८ गते । बंगालको खाडीबाट सिर्जना भएको ‘जवाद’ नामक सामुन्द्रिक चक्रवातको असर सोमबारसम्म रहने मौसमविद्हरुले बताउनुभएको छ ।

शुक्रबारदेखि बंगालको खाडीको मध्य पश्चिम भूभागमा बनेको यस चक्रवातको असर नेपालमा समेत पर्ने शनिबार बिहान मौसम पूर्वनुमान महाशाखाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तरपूर्वतर्फ सर्ने देखिएकाले यसको असर नेपालमा समेत सोमबारसम्म रहने देखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । जवाद चक्रवातका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मै सामान्य बदली भएर वर्षा भएको उहाँले बताउनुभयो ।

यसका कारण सोमबारसम्म उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको र केही स्थानमा हल्का वर्षा हुने रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?