logo
२०८१ बैशाख १४ शुक्रवार



कार्यकर्ताको म्यान्डेट सहमतिमा नेतृत्व हो, कसैले प्रोजेक्ट गरेको होइनः नेता पोखरेल

राष्ट्रिय |


कार्यकर्ताको म्यान्डेट सहमतिमा नेतृत्व हो, कसैले प्रोजेक्ट गरेको होइनः नेता पोखरेल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १० गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यकर्ताले पार्टीको प्रणालीमा सहमतिको म्यान्डेट दिइसकेकाले दशौं महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

यसअघि असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा कार्यकर्ता तथा प्रतिनिधिहरुले दशौं महाधिवेशनलाई सर्वसम्मत बनाउने म्यान्डेट दिइसकेकाले अहिले नेतृत्वप्रति असन्तुष्टि राख्नु गलत हुने उहाँले बताउनुभयो । गोरखापत्रसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता पोखरेलले भन्नुभयो, “पार्टी पङ्क्ति एकतावद्ध छ, यतिबेला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नु पार्टी हितमा हुँदैन ।”

अहिले को कुन समूहबाट आएको छ भन्ने कुराको कुनै अर्थ नरहेको चर्चा गर्नुहुँदै स्थायी कमिटी सदस्य पोखरेलले भन्नुभयो, “कार्यकर्ताको म्यान्डेट बेगर नेतृत्वले सर्वसहमतिको प्रोजेक्ट गरेको होइन ।” दशौं महाधिवेशनमा महासचिवको दावी गर्नुभएका नेता पोखरेलले पार्टी एकतावद्ध रहेको सन्देश दिन पनि सर्वसहमतिमा नयाँ कार्य समिति चयन आवश्यक रहेको बताउनुभयो ।

आज देखि चितवनमा शुरुभएको एमाले महाधिवेशन १२ गते नेतृत्व चयन गर्दै समापन हुनेछ । एमालेले निर्वाचनका लागि विद्युतीय मेशिनको प्रयोग गर्ने भएको छ । महाधिवेसनको उदघाटनसत्र आज १२ बजे नारायणगढस्थित नारायणी किनारमा शुरु हुँदैछ । उदघाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?