logo
२०८१ बैशाख १४ शुक्रवार



समवेदना दिन नेता नेपाल उदयपुरमा

राष्ट्रिय |
प्रदेश |


समवेदना दिन नेता नेपाल उदयपुरमा


भोटराज राई
उदयपुर, मङ्सिर ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवोदी) का अध्यक्ष माधवकुमार नेपालले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई घरमै पुगेर समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष नेपालले त्रियुगा नगरपालिका १३ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर मेयर चौधरीका ३२ वर्षीय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहनुभएका मेयर चौधरीलाई अध्यक्ष नेपालले सान्त्वना दिनुभयो । चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँ त्रियुगा नदीको घाटसम्म नै मलामी पनि जानुभयो ।

हेलिकेप्टरबाट पौने १२ बजे गाईघाट उत्रनुभएका नेपालले करिब दुई घण्टा बिताएर समवेदना प्रकट गरी काठमाडौं फर्कनुभयो । समवेदना बाहेक कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रमहरु केही नगरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । प्रवक्ता खतिवडा पनि अध्यक्ष नेपालसँगै आउनुभएको थियो ।

समवेदना दिन नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुरेशकुमार राई, प्रदेश १ का मन्त्री हिमाल कार्की तथा सांसदहरुको सहभागिता थियो । साथै जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु समेतको उपस्थिति थियो । थारु संस्कृतिअनुसार मृतकको अन्तिम संस्कार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?