logo
२०८१ जेष्ठ ४ शुक्रवार



अयोध्यापुरीले चितवनको विकासमा नमूना काम गर्नेछ : अध्यक्ष ओली

राष्ट्रिय |


अयोध्यापुरीले चितवनको विकासमा नमूना काम गर्नेछ : अध्यक्ष ओली


काठमाडौं, कात्तिक १६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिरको निर्माण भएसँगै सो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभएको छ । मंगलबार चितवनमा अयोध्या क्षेत्र र चितवन माडी क्षेत्रको अवलोकन तथा सम्बोधन कार्यक्रममा एमाले अध्यक्ष ओलीले माडीमा राम मन्दिर क्षेत्र दुनियाँकै लागि ध्यान गर्ने तपोभूमि बन्ने बताउनुभयो । बागमती प्रदेशमा अवस्थित चितवनमा भारत र चीन दुवैतिर सीमाना जोडिएको हुनुपर्ने भनाई पनि उहाँले राख्नुभयो ।

उहाँले चितवन क्षेत्रको सुकुम्बासीको समस्या समाधान गर्न विगतमा एमाले सरकारले सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन भएपनि वर्तमान सरकारले यसलाई अगाडि बढ्न नदिएको बताउनुभयो ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै आयोजना गर्न गइरहेको छ । भरतपुर महानगर कमिटी अधिवेशनको उद्घाटन गर्न हिजो सोमबार चितवन पुग्नुभएको ओलीले मंगलबार अयोध्यापुरीमा राजनीतिक विषयमा भने त्यति चर्चा गर्नुभएन । समग्रमा चितवनको माडीलाई पवित्र तीर्थस्थलको रुपमा विकास गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?