logo
२०८१ बैशाख २१ शुक्रवार



तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छः अध्यक्ष नेपाल

राष्ट्रिय |
प्रदेश |


तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छः अध्यक्ष नेपाल


रमेश पौडेल
पोखरा, कात्तिक १२ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभयो । “तीनै तहको निर्वाचन एकै पटक गराउँदा राज्यको व्ययभार कम हुन्छ” उहाँले भन्नुभयो, “एकै पटक निर्वाचन गराउन कानुनमा के छ, त्यसबारे कानुनविद्सँग सल्लाह गरेर अघि बढ्न सकिन्छ ।”

‘अर्ली इलेक्सन’ हुन लागेको हो ? पत्रकारको जिज्ञासामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, “अर्ली इलेक्सन सम्भव छैन, मिले तिनै तहको चुनाव एकै पटक गर्न गठबन्धनमा छलफल गर्नेछु ।” उहाँले आगामी निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गर्नुभयो । ‘बालुवा पेलेर तेल आउँदैन । दश भाइको हरिविजोग हुने दिन आउँछ’ उहाँले भन्नुभयो ।

कम्युनिष्ट पार्टीको विरासत आफूहरुले बोकेको दाबी गर्दै पुष्पलालको पार्टीको निरन्तरता आफू नेतृत्वको पार्टी भएको उहाँले दावी गर्नुभयो । आफ्नो पार्टीको पक्षमा जनलहर बढिरहेको दाबी गर्दै एमाले आगामी निर्वाचनमा सबैभन्दा पछि पर्ने उहाँले बताउनुभयो ।

यसैगरी, नेता नेपालले न्यायालयले देशलाई अप्ठ्यारो परेकोबेला सही निर्णय गरेकाले न्यायालयभित्रको विवाद पनि छिट्टै मिलाउने बताउनुभयो । उहाँले भन्नभयोु, “न्यायालयको विवादको समाधान न्यायालयले नै गर्छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुनै योजना छैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?