logo
२०८१ जेष्ठ ६ आईतवार



सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छः मन्त्री झाँक्री

राष्ट्रिय |
प्रदेश |


सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छः मन्त्री झाँक्री


रेखीराम राना
पाल्पा, कात्तिक १ गते । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारले भ्रष्टाचार र कुशासनकाबिरुद्ध काम गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मन्त्री झाँक्रीले सरकार पारदर्शीता र असल शासनको अभ्यास गर्ने बताउनुभयो ।

मन्त्री झाक्रीले इमानदार प्रयास गर्ने हो भने केही हुने र आफूले सोहीअनुसार पहलकदमी लिने बताउनुभयो । अध्यादेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्नुहुँदै उहाँले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई अगाडि बढाउने बताउनुभयो ।

जनताको पक्षमा काम गर्ने ऐतिहासिक मौका केपी शर्मा ओलीकोजस्तो कसैले पनि नपाएको दावी गर्दै उहाँले मुलुकमा सुशासन र स्थायित्व प्रदान गर्न ओली नेतृत्वको सरकार चुकेको टिप्पणी गर्नुभयो । नेकपा (एस) की नेतृ झाक्रीले पाँच दलीय गठबन्धन आवश्यकताले बनेको बताउँदै आफूहरूले स्थायित्वको पक्षमा पार्टीबाट विद्रोह गरेको दावी गर्नुभयो ।

आउने चैत–बैशाख महिनामा सङ्घीय संसदको निर्वाचनभन्दा पनि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा मन्त्री झाक्रीले जोड दिनुभयो । चुनाव गर्ने कुरा स्वभाविक भएको उहाँले बताउनुभयो । चुनाव भएपछि जनतालाई उपलब्धी दिने कुरा मूल कुरा हो उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?