logo
२०८१ बैशाख २२ शनिवार



राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

राष्ट्रिय |


राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव


काठमाडौं, असोज ४ गते । सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसद्को बैठकपछि सञ्चार माध्यमहरुसँग बोल्नुहुँदै अध्यक्ष यादवले अध्यादेश खारेज हुन्छ, अनि मन्त्रालय बाँडफाट भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने गरी अध्यादेश ल्याइएको थियो । अध्यादेश गलत छ, यसले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने अन्ततः लोकतन्त्रलाई नै अस्थिर बनाउने हुँदा यो खारेज हुनुपर्छ, यादव बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?