logo
२०८१ जेष्ठ ५ शनिवार



कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा

राष्ट्रिय |


कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा


काठमाडौँ, भदौ १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ । विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

“षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन”, नेता विश्वकर्माले जारी गरेको राजीनामा पत्रमा भनिएको छ । उहाँले समावेशी पार्टी निर्माणमा लागेको वर्तमान शेरबहादुरर देउवा नेतृत्वको काँग्रेसले समावेशी सिद्धान्त कदमकोसमेत खिल्ली उडाएको भन्दै आफूले नैतिकरुपमा दुवै पदबाट राजीनामा दिएको बताउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?