logo
२०८१ जेष्ठ ५ शनिवार



नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि बैठक जारी

राष्ट्रिय |


नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि बैठक जारी


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १३ गते । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा जारी छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको जनाइएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले संसदीय दल गठन यसका लागि विधान तयार गर्ने लगायत विषयमा छलफल गर्ने अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकोमा सहभागी हुने घोषणा गरिसकेको अवस्थामा सरकारमा सहभागीताका लागि संसदीय दलको बैठकले प्रतिनिधि टुंगो लगाउनुपर्ने लगायतको व्यवस्था अनुरुप बैठक बसिएको जनाइएको छ ।

बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक चयन प्रक्रिया अगाडि बढाइने समेत जनाइएको छ । प्रधानमन्त्री देउवा सरकारले छिटोभन्दा छिटो मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिन जोड दिदै आएको छ । यहि अवस्थामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बसिरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?