logo
२०८१ जेष्ठ ५ शनिवार



दल विभाजन सम्बन्धी अध्यादेश आए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

राष्ट्रिय |


दल विभाजन सम्बन्धी अध्यादेश आए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मंगलबार बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।   ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेकाे एमालेको स्थायी कमिटी  बैठकले एक महिनासम्म संसद विजनेशबिहिन बनाएर हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेको निष्कर्श निकालेको छ ।

 सरकारले एमाले विभाजनका लागि सत्तारुढ गठबन्धनमा रहदै आउनुभएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सहज हुनेगरि अध्यादेश ल्याउने सक्ने भन्दै एमाले बैठकमा गम्भिर छलफल भएको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

एमाले वरिष्ठ नेता नेपालको पक्षमा अध्यादेश ल्याउनु भनेको अराजक पक्षलाई वैधानिकता प्रदान गर्ने काम आपत्तीजनक, भएको भन्दै दल विभाजन सम्बन्धि अध्यादेश आए यसको सशक्त प्रतिवाद गर्ने निर्णय एमालेले गरेको ज्ञवालीले बताउनुभयो । यस पश्चात् उत्पन्न परिस्थितीको जिम्मेवार पनि सरकारले लिनुपर्ने ज्ञवालीले बताउनुभएको छ ।

यससँगै पछिल्लो समय अफगानिस्तानमा विकसित घटनाक्रमका सन्दर्भमा पनि त्यहाँ रहेका नेपालीहरुको उद्धारका विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?